कैलालीका नाका प्रविधिमैत्री बनाइँदै | Khabarhub Khabarhub

कैलालीका नाका प्रविधिमैत्री बनाइँदै


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशस्थित सीमा नाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ । बढी आवतजावत हुने नाकाहरूमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो ।

बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डीआईजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १/१ थान सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

सीमा नाकाको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ ।

मन्त्री भट्टले सीमा सुरक्षा चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्ने बताए । सोही क्रममा मन्त्रीसहितको टोलीले त्रिनगरको सीमा नाकामा रहेको नागरिक सहायता कक्ष अनुगमन गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : २३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक