कैलालीका नाका प्रविधिमैत्री बनाइँदै « Khabarhub

कैलालीका नाका प्रविधिमैत्री बनाइँदै


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशस्थित सीमा नाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ । बढी आवतजावत हुने नाकाहरूमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो ।

बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डीआईजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १/१ थान सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

सीमा नाकाको तथ्याङ्क सङ्कलन तथा अभिलेखीकरणका लागि मन्त्रालयले सफ्टवेयर पनि निर्माण गरिरहेको जनाएको छ ।

मन्त्री भट्टले सीमा सुरक्षा चुस्त बनाउन प्रदेशले मात्र नसक्ने भएकाले संघ सरकारले नै आवश्यक स्रोत साधन व्यवस्थापन गर्नुपर्ने बताए । सोही क्रममा मन्त्रीसहितको टोलीले त्रिनगरको सीमा नाकामा रहेको नागरिक सहायता कक्ष अनुगमन गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : २३ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना