विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

बङ्लादेशमा रेल दुर्घटना
बङ्गलादेशको राजधानी ढाका नजिकै रेल दुर्घटना भएको छ । ढाकाको बाहिरी भागस्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेवपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए ।

उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको घटनास्थलमै मृत्यु भएको हो । रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो ।


विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।

विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।

बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी ९बीएनपी० तथा सहयोगीले निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि मङ्गलबार बिहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ ।

विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औं चरणको विरोधको कार्यक्रम हो ।

शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड
शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड दिइएको छ ।

देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली सुलेमानीको गत अप्रिल २६ मा उत्तरी प्रान्त मजान्दारनको बाबोलसर शहरको एक बैंकमा हत्या गरिएको थियो ।

नाम नखुलाइएका ती हत्यारा बैङ्कमा सुरक्षा गार्ड थिए । स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा ‘उनले कुर्सीमा बसिरहेका बेला धर्मगुरुलाई पछाडिबाट गोली हानेको देखिएको’ छ ।

धार्मिक शहीद अयातुल्लाह अब्बास अली सुलेमानीको हत्यारालाई देशको सर्वोच्च अदालतले अनुमोदन गरेपछि आज कासा ९प्रतिशोधसम्बन्धी इस्लामिक कानुन० को सजाय सुनाइएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख छ ।

इस्लामी कानुनअनुसार पीडित परिवारले दोषीलाई छोड्न सहमत भएमा केसासको सजाय घटाउन सकिन्छ । ७५ वर्षीय सुलेमानी यसअघि सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सहयोगी थिए र उनले काशान र जाहेदान शहरमा शुक्रबार हुने इस्लामिक प्रार्थनाको नेतृत्व गर्ने गरेका थिए ।

विशेषज्ञहरूको ८८ सदस्यीय सम्मेलनलाई सर्वोच्च नेताको पर्यवेक्षण, बर्खास्ती र चयन गर्ने जिम्मेवारी दिइएको छ । यसको नेतृत्व ९६ वर्षीय धर्मगुरु अहमद जनातीले गरिरहेका छन् । यसका सदस्यहरू आठ वर्षे कार्यकालका लागि निर्वाचित हुन्छन्, तर उनीहरूको उच्च पदस्थ धर्मगुरूबाट अनुगमन हुने गर्छ ।

सन् २०२२ को अप्रिलमा इरानको दोस्रो सहर मशादमा छुरा प्रहारबाट दुई धर्मगुरुको मृत्यु भएको थियो । २१ वर्षीय संदिग्ध जिहादी अब्दोलातिफ मोराडीलाई दुई महिनापछि फाँसी दिइएको थियो । मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरान विश्वमा धेरै मानिसलाई मृत्युदण्ड दिनेमध्येको एक इस्लामिक मुलुक हो ।

नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन आठ वर्षयताकै सबैभन्दा बढी हो ।

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।

एसियाली विकास समीक्षा डिसेम्बर २०२३ ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।

क्षेत्रीय अर्थतन्त्र भने यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो वर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको थियो । आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ ।

उद्योगमा दोहोरो अंकको वृद्धिसँगै जुलाई–सेप्टेम्बरमा अर्थतन्त्रको अपेक्षितभन्दा धेरै विस्तार भएपछि भारतको वृद्धिको दृष्टिकोण ६.३ प्रतिशतबाट बढेर ६.७ प्रतिशत पुगेको छ ।

एडिबीको प्रतिवेदनअनुसार चीन तथा भारतको स्तरवृद्धिमा उत्पादन क्षेत्रको कमजोर भूमिका देखापरेका कारण दक्षिणपूर्वी एसियाको प्रक्षेपण प्रभावित भएको हो ।

उत्पादित सामानको कमजोर निर्यात तथा न्यून मागका कारण यस वर्ष दक्षिणपूर्वी एसियाको वृद्धिदर ४.६ प्रतिशतबाट घटेर ४.३ प्रतिशतमा झरेको छ ।

प्रतिवेदनका अनुसार मध्य एसियामा अर्थतन्त्रको दृष्टिकोण थोरै बढेको छ भने प्रशान्त क्षेत्रको अर्थतन्त्रका लागि गरिएका अनुमानहरू सबै जसो अपरिवर्तित छन् । नतिजा प्रभावित हुनुलाई संयुक्त राज्य अमेरिकालगायत उन्नत अर्थतन्त्रमा लगातार बढेको ब्याज दरहरू जिम्मेवार देखिएका छन् ।

यसले कमजोर क्षेत्रका अर्थतन्त्रमा उच्च ऋण भएकाहरूमा वित्तीय अस्थिरतामा योगदान पुर्‍याउन सक्छ । विकसित एशियाले चुनौतीपूर्ण विश्वव्यापी वातावरणको सामनाका बाबजुद पनि बलियो गतिमा वृद्धि भइरहेको एडिबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले बताएका छन् ।

उनका अनुसार यस क्षेत्रमा मुद्रास्फीति पनि बिस्तारै नियन्त्रणमा आउँदैछ । उच्च विश्वव्यापी ब्याज दरदेखि एल निनो जस्ता जलवायु घटनाहरू सम्म जोखिमहरू बढ्दै छन् । एशिया तथा प्रशान्त क्षेत्रका सरकारहरूले आफ्नो लचिलो अर्थतन्त्र वृद्धि सुनिश्चित गर्न सतर्क रहनु आवश्यक छ ।

चालु वर्षको लागि यस क्षेत्रको मुद्रास्फीति दर अघिल्लो ३.६ प्रतिशतको प्रक्षेपणबाट ३.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३.५ प्रतिशतको प्रक्षेपणको बावजुद आगामी वर्ष मुद्रास्फीति ३।६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

एल निनो मौसम ढाँचा वा रूस-युक्रेन द्वन्द्वको कारणले हुने सम्भावित खाद्य र ऊर्जाको आपूर्ति अवरोधहरूले पनि मुद्रास्फीतिलाई पुनःजगाउन सक्ने सन्दर्भ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कोप २८ प्रमुखद्वारा ‘ऐतिहासिक’ जलवायु सम्झौता स्वीकृत भएको घोषणा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्ष राष्ट्रहरूको सम्मेलनको २८औँ सत्र ‘कोप २८’ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलनका पक्षहरू ‘ऐतिहासिक’ जलवायु परिवर्तन नियन्त्रणका लागि प्रस्तावित सम्झौतामा सहमत भएको बुधबार घोषणा गरेका छन् ।

अल जाबेरले भने, ‘यो एक उन्नत, सन्तुलित जलवायुनियन्त्रण कार्यलाई गति दिनको लागी एक ऐतिहासिक दस्तावेज हो । यो यूएई सहमति हो ।’

यस सम्झौतामा जलवायु परिवर्तनसँग जुध्न अनुकूलन, वित्त, लचिलोपन र जीवाश्म ईन्धनलगायत अन्य उपायहरू उल्लेख गरिएको छ ।

कोप २८ अन्तिम सम्झौताको अघिल्लो मस्यौदामा देखिएको गतिरोधका कारण मङ्गलबार मध्याह्नको आधिकारिक समापन समयभन्दा बढी लम्ब्याइएको थियो ।

धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध, चार जना पक्राउ

भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए ।  

सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एक जना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेका थिए । 

अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । 

उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन । 

चिन्ता लिनुपर्ने केही छैन भन्दै उनले धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिए । 

सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न’ उठाएको बताए । घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उनले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए । 

नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो । उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए । उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो । 

प्रधानमन्त्री मोदीले यसअघि बुधबार उक्त हमलाका पीडितहरूलाई श्रद्धाञ्जली दिएका थिए । उनले भने, ‘खतरासामु उनीहरूको साहस र बलिदान हाम्रो देशको स्मृतिमा सदाका लागि कोरिने छ ।’

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ०४ बजे

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक – यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल

काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ।

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

काठमाडौं– नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका