नेप्से परिसूचक ६.५५ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक ६.५५ अंकले बढ्यो


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ५५ अंकले उकालो लागेर एक हजार नौ सय ९४ दशमलब ६० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य छ अंकले उकालो लागेर तीन सय ७६ दशमव ३६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । 

कूल ९६ लाख ३७ हजार चार सय ५५ कित्ता शेयर रु तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड चार लाख ७८ हजार चार सय ३१ मूल्य बराबरको कारोबार भयो । 

यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ११ करोड ४९ लाख ८८ हजार सात सय ९१, हाथवे इन्भेस्टमेन्ट रु नौ करोड १३ लाख ७९ हजार आठ सय ३५, शिवम् सिमेन्ट रु नौ करोड १२ लाख १९ हजार सात सय ५८ र आइएमई लाइफ इन्स्योरेन्स रु सात करोड ७५ लाख ८४ हजार तीन सय १२ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया र नेपाल इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, गुराँस लघुवित्त चार दशमलव ९८, मानुषी लघुवित्त चार दशमलव ७८, सिवाइसी नेपाल लघुवित्त चार दशमलव शून्य चार, माछापुच्छ्रे बैंकको ऋणपत्र तीन दशमलव ९६ र ग्लोबल आइएमई ब्यालेन्सका शेयर मूल्य तीन दशमलव ७५ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ४ : ०१ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको