नागरिक उन्मुक्तिले खोज्यो राष्ट्रियसभा निर्वाचनमा एक सीट « Khabarhub

नागरिक उन्मुक्तिले खोज्यो राष्ट्रियसभा निर्वाचनमा एक सीट


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट आफ्नो भाग खोजेको छ । उसले निर्वाचनमा एक सीटका लागि दाबी गरेको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले आज प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे चासो राखेका थिए ।

राष्ट्रियसभाका १९ सीटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाले मात्र भागबन्डा गर्ने तयारी गरिरहेको छन् ।

गठबन्धनका चार दलले मात्र राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गर्न खोजेपछि नागरिक उन्मुक्ति पार्टीले आफूलाई एक सिटको माग गरेको छ ।

आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको नागरिक उन्मुक्ति पार्टीले बताएको छ ।

उसको सुदूरपश्चिममा ७ प्रदेशसभा सदस्य र ७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् । त्यस्तै लुम्बिनी प्रदेशसभामा ४ र मधेशमा एक जना सांसद छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ४ : २६ बजे

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौं– रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

साना – यमनको दक्षिणपश्चिमी ताइज प्रान्तस्थित रणनीतिक लाल सागर बन्दरगाह सहर

किमद्वारा नयाँ हतियार प्रणालीको परीक्षण निरीक्षण

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार

सिद्धार्थ-तमन्नाको ‘द भ्वान’ फिल्मको ट्रेलरमै चर्कियो विवाद, के भएको थियो ?

काठमाडौं– सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनित बहुप्रतीक्षित फिल्म ‘द

परियोजना स्वीकृत गर्ने द्रुत संयन्त्र बनाउनुपर्छ : अधिकृत उक्याव

काठमाडौं– लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावले परियोजना स्वीकृत