साप्ताहिक अर्थ समाचार : धनतेरसका अवसरमा सुनचाँदी पसलमा भीड, सर्वसाधारणले किने सुनचाँदीका सिक्का, राहत कोषमा १८ अर्ब जम्मा र नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने « Khabarhub

साप्ताहिक अर्थ समाचार : धनतेरसका अवसरमा सुनचाँदी पसलमा भीड, सर्वसाधारणले किने सुनचाँदीका सिक्का, राहत कोषमा १८ अर्ब जम्मा र नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका आर्थिक खबरलाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।

एक साताका मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु)

तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ । घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको छ । ती फूललाई ग्राहकसम्म पुर्‍याउन झनै भ्याइनभ्याइ छ ।

तीन वर्ष पहिलेसम्म गोलभेडा, बन्दा र काउली फल्ने खेतमा यतिबेला कमलाले सयपत्री फुलाएकी छन् । तरकारी खेती गर्दा बजार नपाउने समस्या थियो ।

ढोकोमा बाकेर बजार बजार पुग्नु पर्ने बाध्यता थियो । ग्राहकले भनेअनुसारको मूल्यमा दिनुपर्थ्यो । उब्जाउदेखि बिकाउनसम्म समस्या हुने भएपछि थापाले फूल खेती गर्ने निधो गरिन् । तरकारी फलाउने बारीभर उनले २०८१ मा सयपत्री लगाइन् । त्यतिबेला उनलाई लागेको थियो– फूल खेतीबाट के हुने हो ? नाफा हुन्छ कि घाटा ? दोधारबीच थालेको खेती अहिले फस्टाउँदा उनको खुसीको सीमा छैन ।

ग्लोबल आइएमईले काठमाडौँमा अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)

सुनको मूल्य ५ हजार ९०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने

जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहरु)

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद गरेका छन् ।

बैंकले बिहीबारका लागि २.५ ग्रामको असर्फीको मूल्य ६५ हजार ४ सय र १० ग्रामको मेडालियन प्रतिथान ३ हजार ८ सय रूपैयाँ निर्धारण गरेको छ ।

धनतेरसको समयमा नयाँ धातु वा भाँडाकुँडा खरिद गरेर घरमा भित्र्याउँदा शुभ हुने विश्वास गरिन्छ ।

यसबाहेक राष्ट्र बैंकले बिक्री गर्ने सिक्काको गुणस्तर पनि हुने विश्वाससहित बबरमहलस्थित टक्सार महाशाखामा सिक्का खरिद गर्नेको भीड लागेको छ ।

सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग 

लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण

‘जलवायु अनुसन्धानका लागि थिङ्क ट्याङ्क र विश्वविद्यालयलाई बलियो बनाउनुपर्छ’

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ ।

तिहार खर्च जुटाउन तानसेनमा काठका सामग्री बेच्दै राउटे

गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ पुग्यो

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी

अमेरिकी निर्भरता घटाउँदै व्यापार विविधीकरण गर्ने क्यानाडाको नयाँ बजेट

अमेरिकी मध्यावधि निर्वाचनमा एलन मस्कको ४५ करोड डलरभन्दा बढी खर्च

अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको चुनावी खर्च र राजनीतिक प्रभाव पनि चर्चामा आएको छ ।

अमेरिकी चुनावी आर्थिक सहयोगसम्बन्धी अभिलेख विश्लेषण गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार मस्कले रिपब्लिकन उम्मेदवार र रूढिवादी विचारधाराका सङ्गठनलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर खर्च गरेका छन् । यो कुनै एक व्यक्तिले अमेरिकी चुनावमा गरेको अहिलेसम्मकै ठूलो खर्च भएको बताइएको छ ।

टेक्सासमा भएको सिनेट निर्वाचनका क्रममा मस्कले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा मात्रै २० करोड डलरभन्दा बढी खर्च गरेका थिए । तर, ठूलो आर्थिक सहयोगका बाबजुद प्याक्सटन डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स तालारिकोसँग पराजित भएका छन् ।

केही वर्षअघि मस्कले आफ्नो बसोबास र केही व्यावसायिक गतिविधि टेक्सासमा स्थानान्तरण गरेका थिए ।

नेपाल र भारतबीच बहुआयामिक साझेदारी थप सुदृढ बनाउन परराष्ट्र सचिवस्तरीय छलफल

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।

जस अनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले जित्न सफल भएका छन् ।

उनलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए । त्यस्तै अन्य १५ जनाले रु एक/एक लाख पुरस्कार जितेका छन् ।

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ५८ बजे

बाढी पहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने कांग्रेसको निर्णय

ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा,

पोखराले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

सेकाहा सामुदायिक क्लबलाई सङ्खुवासभा गोल्डकपको उपाधि

सङ्खुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन पर्सा प्रशासनको अनुरोध

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण,

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम– मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री भएका चारजना