मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ « Khabarhub

मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ । 

रक्षा मन्त्रालयले हमलाका लागि किएभलाई दोष दिँदै एक विज्ञप्तिमा भनेको छ, ‘अन–ड्युटी हवाई रक्षा एकाइहरूले कलुगा र मस्को क्षेत्रमा नौ युक्रेनी युएभी (मानवरहीत हवाई वाहन) लाई नष्ट गरेर रोकेको छ ।’

मस्कोका मेयर सर्गेई सोबयानिनले एउटा ड्रोनलाई रुसी राजधानीको दक्षिणपश्चिमी सहर नारो–फोमिन्स्क नजिकै खसालिएको बताए । ‘प्रारम्भिक आँकडाअनुसार जुन स्थानमा ड्रोन खसेको छ त्यहाँ कुनै क्षति वा हताहत भएको छैन’, उनले भने । घटनास्थलमा आपतकालीन सेवाहरूले काम गरिरहेको उनले जानकारी दिएका छन् । 

मस्कोसँग गुमाएका क्षेत्रहरू फिर्ता गर्ने नयाँ प्रयास सुरु गरेसँगै युक्रेनले गर्मीयामपछि निरन्तररूपमा ड्रोनमार्फत रुसमा हमला गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ५ : ४९ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका