नेपाल टेलिकमद्वारा कक्षा ८ माथिका विद्यार्थीलाई नयाँ सिम « Khabarhub

नेपाल टेलिकमद्वारा कक्षा ८ माथिका विद्यार्थीलाई नयाँ सिम


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा पहिलो कल सक्रियता उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा (नि: शुल्क स्रोत) थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ ।

नयाँ सिममा थप सुविधा
९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिम कार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिम कार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।  यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुनेछ ।

कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम
कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिम कार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुनेछ ।

डाटा बोनस
विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोसमार्फत १०० रुपैयाँ देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० रुपैयाँ देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रूपमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : २२ बजे

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु