केन्द्रीय कार्यसम्पादन बैठकअघि कांग्रेसका महामन्त्रीको छलफल « Khabarhub

केन्द्रीय कार्यसम्पादन बैठकअघि कांग्रेसका महामन्त्रीको छलफल


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको आगामी महासमिति बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि नै महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल गर्न भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

आगामी महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् भने अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् । त्यस्तै, उपसभापति पूर्णबहादुर खड्काले पार्टीको आगामी नीतिका विषयमा प्रतिवेदन पेस गर्नेछन् ।

कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय गरिसकेको छ । बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ ।

महासमिति बैठक तोकिएको मितिमा हुने वा नहुने भन्ने अझै एकिन भइसकेको छैन् । सभापति देउवाले महासमिति बैठक सार्नुपर्ने बताएका छन् भने शेखर कोइराला समूह यसमा सहमत छैन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : ४९ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक