जैविक विविधता चलचित्र महोत्सव सुरु हुँदै « Khabarhub

जैविक विविधता चलचित्र महोत्सव सुरु हुँदै


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वातावरण पत्रकार समूहसँगको सहकार्यमा शुक्रबारदेखि जैविक विविधतासम्बन्धी चलचित्र महोत्सव हुँदैछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, नेपालका लागि वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल, जुलोजिकल सोसाइटी अफ लण्डनलगायत २० भन्दा बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहकार्यमा भारतीय संस्था ‘सीएमएस वातावरण’ ले महोत्सव आयोजना गर्न लागेको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्यावरण, प्राकृतिक स्रोत र वातावरणीय सम्पदा संरक्षणमा युवा सहभागितामा जोड दिइएका चललचित्र देखाइने छन् ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरण, वन्यजन्तु संरक्षण, जल संरक्षण, वन संरक्षण र दिगो जीविकोपार्जन जस्ता विभिन्न सान्दर्भिक वातावरणीय मुद्दाहरूमा विश्वका विभिन्न भागबाट १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र प्रदर्शन हुनेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : २१ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको