नेपालमा एनिमलको कमाई कति ? « Khabarhub

नेपालमा एनिमलको कमाई कति ?


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ एकपछि अर्को रेकर्ड बनाउँदै अगाडि बढिरहेको छ । फिल्मले ११ औँ दिन अर्थात सोमबार पनि २० करोड ५२ लाख रुपैयाँ कमाएको छ । यसको साथसाथै फिल्मको वल्र्डवाइड कलेक्सन ७३७.९८ करोड कमाएको छ ।

फिल्म अहिले वल्र्डवाइड धेरै कलेक्सन गर्ने हिन्दी फिल्ममा ७ औँ फिल्म बनेको छ । फिल्मले यस अगाडि ‘गदर–२’ को रेकर्ड तोडिसकेको छ ।

नेपालमा पनि फिल्म रिलिजको दिन देखिनै राम्रो व्यवसाय गरेको देखिएको छ । नेपालमा मल्टिप्लेस हलले यस फिल्मका लागि राम्रो शो उपलब्ध गराएका छन् । वल्र्डवाइड कलेक्सन सार्वजनिक भइरहँदा नेपालमा पनि एनिमलले १० करोड बढीको व्यवसाय गरिसकेको चर्चा छ । नेपालमा ‘एनिमल’ले कमायो कति ?

एनिमल फिल्मका नेपाल वितरक मनोज राठीले नेपालमा फिल्मले राम्रो व्यवसाय गरेको बताए । ‘फिल्मको व्यवसाय देशभर राम्रो देखिएको छ । तर कति कमायो हिसाब किताब गर्न बाँकी छ । अहिले भन्न सकिन्न’, राठीले थपे ‘ ‘केही दिनमै सबै हिसाब किताब गरेर नेपालको कमाई सार्वजनिक गर्नेछु ।’

देशभरका हलको आम्दानीको एकमुष्ट सजिलै हिसाब निस्कने भनेको चलचित्र विकास बोर्डको बक्स अफिसबाट हो । तर यो फिल्मको हिसाब बक्स अफिसले नदेखाउने विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी ‘पीडित’ले बताए । ‘विभिन्न प्राविधिक अपडेट गर्ने भनेर बक्स अफिस केही समयदेखि कन्स्ट्रक्सन छ’, बुढाथोकीले भने ‘हामी छिटो भन्दा छिटो पुरा गर्ने तयारीमा रहेका छौ ।’

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : ३२ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार