कामपाका कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

कामपाका कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई  प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । २९औँ काठमाडौँ महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताए ।

नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताएका छन् । 

‘संघीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै संघीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ’, उनले भने, ‘संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिकालगायत सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ छ ।’

काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीनमध्येको एक सांस्कृतिक सहरका रूपमा रहेको जनाउँदै उनले विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको बताए । 

पछिल्लो समय काठमाडौँ महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताएका छन् । 

‘लागुऔषध, सुर्ती चुरोटलगायत वस्तुमा लगाइएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायत क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसबाट सरकारलाई समेत उत्प्रेरणा मिलिरहेको छ’, उनले भने, ‘यसका निम्ति महानगर प्रमुख, उपप्रमुखलगायत सिङ्गो महानगर परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलितरूपमा अगाडि बढ्न अपिल गर्दछु ।’

राजधानी सहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उनको भनाइ छ । 

उनले सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर संघीय शासन प्रणालीको फराकिलो आधारभूमिमा विकसित काठमाडौँ सहर निर्माणको साझा लक्ष्य हासिल गर्न महानगर दिवसले सबैलाई प्रेरणा देओस् भनी कामनासमेत गरे । विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : १२ बजे

 शेयर बजार लगातार ओरालो, कारोबार कति ? 

काठमाडौं– शेयर बजार तेस्रो दिन आज सोमबार पनि घटेको छ।

विलासी ल्यान्ड क्रुजरबारे विराज भन्छन्– घरमा नयाँ कलाकार थपिएकाले किन्नुपर्‍यो

काठमाडौं – बेला बेला नेपाली सेलिब्रिटीका सामान्य कुरा पनि चर्चामा

गण्डकीमा एक लाखबढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

गण्डकी– गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रण गर्न आवश्यक : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका

मोर्चा बनाउने दिशामा मधेसकेन्द्रित दल, कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौं- तराई-मधेसकेन्द्रित दलहरूले मोर्चा गठन तयारीलाई तीव्र बनाएका छन् ।