बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत « Khabarhub

बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री डा. महत


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

बीमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बीमा गरिसकेपछि भुक्तानीलगायतका विषयमा नागरिकले समस्या भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

जोखिम न्यूनीकरण गर्नका लागि बीमाको आवश्यकता छ धारणा अझै विकसित भइनसकेको भन्दै उनले बीमा सचेतनाको आवश्यकता रहेको बताए ।

बीमा गरिसकेकाहरुलाई आपत पर्दा बीमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बीमा विस्तारमा अवरोध पु¥याउने उनको भनाइ छ । उनले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियामक निकायले काम गर्ने तौरतरिकामा आमूल परिवर्तन ल्याउनुपर्ने सुझाव दिए ।

बीमा सर्भेयरहरुले कुनै प्रभावमा नपरि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा