सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने « Khabarhub

सौराहामा हात्ती तथा पर्यटन महोत्सव हुने


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सौराहा- चितवनको पर्यटकीय क्षेत्र सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।

कोरोना भाइरसका कारण रोकिएको हात्ती महोत्सव यस पटक आयोजना हुन लागेको चितवनको सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कोरोना भाइरसले थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको चितवन हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए ।

विश्व सम्पदा सुचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनलाई महत्वपूर्ण गन्तव्यस्थलको रुपमा चिनाउन पनि महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ ।

हात्ती महोत्सवको विभिन्न पशु अधिकारीवादीहरुले विरोध गर्दै आएका छन् । हात्ती महोत्सवमा हात्तीहरुलाई दुःख दिने खालका गतिविधि भएको भन्दै अधिकारवादीले विरोध गरेपछि हात्तीमैत्री गतिविधि गरेर महोत्सव गर्न लागेको क्षेत्रीय होटल स्रघ नेपाल चितवनका पूर्वअध्यक्ष दिपक भट्टराईले बताए ।

विगतका हात्ती महोत्सवमा हात्ती दौड, छावाहरुको फुटबल हात्ती सुन्दरी प्रतियोगिता र हात्तीलाई वनभोज कार्यक्रम हुँदै आएको थियो । यही पौष १० गते देखि १४ गते सम्म हुने हात्ती महोत्सवमा हात्तीलाई वनभोज र हात्ती श्रृङ्गार प्रतियोगिता र हात्तीको दिनचर्याबारे जानकारी दिइने कार्यक्रम रहेको भट्टराईले बताए । हात्ती महोत्सव क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुँदै आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : ५० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।