न्याय पाएको भन्दै नवराज विकका परिवारले गरे धन्यवाद सभा | Khabarhub Khabarhub

न्याय पाएको भन्दै नवराज विकका परिवारले गरे धन्यवाद सभा


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद सभाको आयोजना गरेका छन् ।

छोरा मरे, न्याय मरेन भन्दै उनीहरुले काठमाडौंमा धन्यवाद सभासहित र्‍यालीको आयोजना गरेका हुन् । भृकुटीमण्डपदेखि सुरु भएको र्‍याली बाजागाजासहित शान्तिवाटीका पुगेर समापन भएको थियो ।

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परी नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्दकैदको सजाय सुनाएको थियो ।

धन्यवाद सभामा नवराज विकका बुबा मोहन विकले आफूले न्याय पाएको भन्दै खुसी व्यक्त गरे । अदालतको फैसलाले उचित न्यायको महसुस भएको भन्दै उनले समर्थन गर्ने सबैलाई उनले धन्यवाद दिए ।

उनले अदालतको फैसलापछि प्रहरी प्रशासनले आवश्यक समयमा सुरक्षा प्रदान गरिरहेको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : ३२ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण