एक पटक रेफर भएका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने « Khabarhub

एक पटक रेफर भएका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भइ आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो ।

“यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एकपटक रेफर गरेपछि रोग निर्क्यौल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिई रहननपर्ने व्यवस्था मिलाउने गरेका छौँ”, उनले भने ।

यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पूर्जी लिएर आउनुपर्ने व्यवस्था थियो । बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उनले जानकारी दिए । स्वास्थ्य संस्थाले दाबी गरेका भुक्तानीलाई असार मसान्तसम्म शून्यमा झार्नका लागि पाँच सदस्यीय विज्ञ समूह गठन गरिएको छ ।

समूहले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेस भएका दाबीलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने छन् । विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एकजना मेडिकल अधिकृत, एकजना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एकजना र आइटी शाखाबाट एक जना रहने जनाइएको छ ।

एक महिनाभित्र दाबी पुनरावलोकन गर्ने छन् । यस्तै, बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने भएको उनले बताए । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक–एक महिनाका लागि औषधि दिने गरिन्थ्यो ।

बोर्डले स्वास्थ्य बीमाको सुविधा थैलीअन्तर्गतको औषधिको शूल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ । औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन ।

विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । बीमाअन्तर्गत हाल रु एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउँछन् ।

एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बीमितवापत रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप रु सात सय थप्नुपर्छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बीमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ०१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका