रोनाल्डोले पाए ‘लिजेन्ड अवार्ड’ « Khabarhub

रोनाल्डोले पाए ‘लिजेन्ड अवार्ड’


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगिज तथा युभेन्ट्सका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ‘लिजेन्ड अवार्ड’ पाएका छन् । स्पेनिस मिडिया ‘मार्का’ले प्रदान गर्दै आएको यो अवार्ड यस वर्ष रोनाल्डोलाई दिएको ‘मार्का’ले जनाएको हो ।

स्पेनको राजधानी मड्रिडमा एक कार्यक्रमको आयोजना गर्दै स्पेनिस मिडिया ‘मार्का’ले यस वर्षको ‘लिजेन्ड अवार्ड’बाट रोनाल्डोलाई सम्मान गरेको बताइएको हो ।

रोनाल्डोले गत वर्ष तीन उपाधि जितेका छन् । गत वर्ष नै स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस पुगेका थिए । उनले दुई उपाधि क्लबलाई दिलाएका थिए भने एक उपाधि आफ्नो राष्ट्रिय टोलीलाई दिलाए ।

३४ वर्षीय रोनाल्डोले राष्ट्रिय टोली पोर्चुगललाई नेशन्स लिगको उपाधि जितेको थियो । इटालियन सिरी ‘ए’को उपाधि दिलाएको र व्यक्तिगततर्फ उच्च प्रदर्शन गरेको भन्दै मार्काले रोनाल्डोलाई सो अवार्ड दिने भएको हो ।

रोनाल्डोले पाँचपटक च्याम्पियन्स लिगको उपाधि जित्दा पाँचपटक नै बालोन डी‘ओर, चार पटक क्लब विश्वकप जितेका छन् । त्यस्तै तीन पटक युरोपियन सुपर कपको उपाधि हात पारेका उनले तीन प्रिमियर लिग, दुई ला लिगा, एक सिरी ए, एक युरोपियन च्याम्पियन्स कप र एक युइएफए नेशन्स लिगको उपाधि जितेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ३३ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार