सर्वोच्चको फैसलापछि बैंक र बीमा कम्पनीले तिर्न थाले कर « Khabarhub

सर्वोच्चको फैसलापछि बैंक र बीमा कम्पनीले तिर्न थाले कर


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंक तथा बीमा कम्पनीहरुले शुक्रबार एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर तिरेका छन् । मर्जरको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा सरकारले कर तिर्न भनेपछि बैंक तथा बीमा कम्पनीहरुले कर तिर्न थालेका हुन् ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले बैंक तथा बीमा कम्पनीको मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्नुपर्ने गरेको थियो । यसका विरुद्ध बैंक तथा बीमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च अदालतको संवैधानिक आयोगले खारेज गरिदिएको थियो । रिट खारेजसँगै बैंक तथा वित्तीय संस्थाले कर तिर्न थालेका हुन्।

आन्तरिक राजस्व विभागका अनुसार अनुसार करिब ३० वटा करदाताले राजस्ववापत कर बुझाएका छन्। बाँकी कम्पनीलाई कर तिर्ने प्रयोजनका लागि शनिबार पनि कार्यालय खुला गरिने छ।

बैंक तथा बीमा कम्पनीले प्रिमियमबापतको रकमलाई आय मानेर ३० प्रतिशत र अन्य संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ।मंसिर महिनाभित्र उक्त कर नतिरे जरिवाना र ब्याज लाग्ने छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : ५६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार