एनिमलले तोड्यो पीकेको रेकर्ड « Khabarhub

एनिमलले तोड्यो पीकेको रेकर्ड


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले विश्वभर १४ करोड ६० लाख भारु कलेक्सन गरेको थियो । योसँगै गएको १३ दिनमा फिल्मको कूल कमाई ७ अर्ब ७२ करोड ३३ लाख भारु पुगेको छ ।

यो कमाइसँगै एनिमलले आमिर खानको पीके फिल्मलाई उछिनेर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । अब एनिमलको अगाडि आमिर खानकै सिक्रेट सुपरस्टार छ । यो फिल्मको वर्ल्डवाइड कलेक्सन ८ अर्ब ७५ करोड भारु छ ।

बुधवार एनिमलले भारतभरमा १० करोड रुपैयाँ कमाएको थियो । योसँगै फिल्मको डोमेस्टिक कलेक्सन ४ अर्ब ६७ करोड ८४ लाख भारुमा पुगेको छ । बुधवार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी १६ दशमलव ६० प्रतिशत थियो । अलटाइम डोमेस्टिक कलेक्सनमा एनिमल चौथो स्थानमा छ । लिस्टको तेस्रो स्थानमा सनी देओलको गदर–२ छ ।

यो फिल्मको अलटाइम डोमेस्टिक कलेक्सन ५ अर्ब २५ करोड ४५ लाख भारु छ । गदर–२ को रेकर्ड तोड्न अब एनिमलले घरेलु बक्स अफिसमा थप ५७ करोड ६१ लाख भारु कमाउनुपर्नेछ । फिल्म रिलिज भएको तेस्रो सप्ताहान्तमा एनिमलले राम्रो कमाई गर्ने आशा गरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ३२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका