आज देशभरको मौसम कहाँ कस्तो ? « Khabarhub

आज देशभरको मौसम कहाँ कस्तो ?


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएको छ ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

यस्तै, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु