प्रिमियर लिग : टोटनहमको सहज जित « Khabarhub

प्रिमियर लिग : टोटनहमको सहज जित


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले सहज जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा नोटिङ्घम फोरेस्टलाई २–० गोलले हराउँदै टोटनहम विजयी भएको हो ।

टोटनहमका रिचार्लिसनदेजान कुलुसेव्स्कीले एक–एक गोल गरेका थिए ।  रिचार्लिसनले पहिलो हाफको इन्जुरी समयमा टोलीका लागि सुरुवाती गोल गरेका थिए भने कुलुसेव्स्कीले ६५औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै टोटनहम १७ खेलबाट ३३ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ । पराजित भएको नोटिङ्घम १५ अंकसहित १६औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको लिभरपुलले १६ खेलबाट ३७ अंक जोडेको छ भने दोस्रो स्थानको आर्सनलको ३६ अंक छ । यस्तै, तेस्रो स्थानको एस्टन भिल्लाको ३५ अंक छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक