सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना « Khabarhub

सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क (एडीबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ ।

सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडीबीले सघाउने जानकारी दिएको छ । ‘हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने,’ अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।’

उनले आफूहरू नगरको विकासका निम्ति लागिपरेको र अन्य परियोजना पनि नगर क्षेत्रमा समावेश गराउन डटेर लागेको बताए ।

एडीबीको ऋण सहयोगमा नगरपालिका क्षेत्रका सडकमा पैदलयात्री मार्ग, पानीको निकासका निम्ति नाला, साइकल चलाउन बेग्लै बाटो, डण्डा नदीलाई करिडोरको रूपमा विकास गरिनेछ । परियोजनाअन्तर्गत साढे २६ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

यही मङ्सिर २८ गते एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापन सुधार परियोजना कार्यान्वयन गर्न १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो ।

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त सहायता घोषणा भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : १९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ