चुरे संरक्षण नभए तराईको जनजीवन सङ्कटमा पर्छ : पूर्व राष्ट्रपति यादव « Khabarhub

चुरे संरक्षण नभए तराईको जनजीवन सङ्कटमा पर्छ : पूर्व राष्ट्रपति यादव


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताएका छन् ।

जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज भएको जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण खेलका अवसरमा उनले यस्तो बताएका हुन् ।

प्रथम राष्ट्रपति यादवले चुरे जल भण्डारका रूपमा रहेको चुरे विनाश तराई मधेसमा भूमिगत पानीको सतह घट्न गई धेरै ठाउँका चापाकल सुक्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै थप विकराल अवस्था आउन नदिन सो क्षेत्रको संरक्षणमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताए।

‘चुरे संरक्षणका लागि मैले सुरुदेखि नै चिन्ता र चासो राखिरहेको छु । म अरुलाई पनि पानीको भण्डारका रूपमा रहेको चुरे विनाशले खानेपानी र कृषि सिँचाइका लागि ठूलो समस्या सिर्जना हुँदैछ, त्यसैले सबै सचेत बनौँ भनेर आग्रह गरिरहेको छु’, प्रथम राष्ट्रपति यादवले भने, ‘जल, जङ्गल र जमिन रक्षा नगरेमा मानव जीवनको पनि रक्षा गर्न सकिँदैन । त्यसैले चुरेलगायत प्राकृतिक स्रोतको संरक्षणका लागि संवेदनशील बन्न म फेरि अपिल गर्न चाहन्छु ।’

त्यसैगरी उनले राजनीतिलाई पनि खेलको नियमजस्तै अनुशासित बनाउन सकेमात्रै सुसंस्कृत राजनीति र देशमा विकास हुने भन्दै अब युवापुस्ताले त्यसका लागि प्रयत्न गर्न सक्नुपर्ने धारणा राखे । यसअघि राजनीतिक दल तथा पत्रकारबीच भएको ‘सुपर सिक्स’ मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको पत्रकारको टोलीले निर्धारित ओभरमा ८५ रन बनाएको थियो । प्रतिउत्तरमा जनप्रतिनिधिको टोली निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२ रन मात्र बनाएर ६३ रनले पराजित भएको थियो ।

मैत्रीपूर्ण खेलमा विजयी पत्रकार टोलीलाई प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले ११ हजार नगदसहित विजयी खेलाडीलाई उपहार प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : १७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा