गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : मन्त्री थापा « Khabarhub

गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : मन्त्री थापा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको मन्त्री थापाले उल्लेख गरे ।

“रोजगारी सिर्जना र आर्थिक विकासका लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ, प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि समितिसमेत गठन गरेको छ”, मन्त्री थापाले भने, “प्रदेशले गाँजा खेतीसम्बन्धी ऐन बनाउँछ, पछि सङ्घीय ऐन बनेर कानुन बाझियो भने सोहीअनुसार प्रदेश सरकार अगाडि बढ्छ ।”

मन्त्री थापाले घरेलु मदिरालाई पनि गुणस्तर र मापदण्ड कायम गरेर उत्पादन र बजारीकरणलाई खुला गर्नुपर्ने धारणा राखे । उनले वनमा आधारित उद्यम विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । उनले विदेशबाट काठ निर्यात गर्नुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे ।

जडीबुटी सङ्कलन, प्रशोधन र उत्पादन सहज हुनेगरी ऐन ल्याइएको मन्त्री थापाले बताए । उनले सङ्घीयताको औचित्य पुष्टि गर्नेगरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । मन्त्री थापाले जनताप्रति उत्तरदायी भएर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ३३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु