भुलेर पनि यी वस्तुलाई भुइँमा नराख्नुहोस्  « Khabarhub

भुलेर पनि यी वस्तुलाई भुइँमा नराख्नुहोस् 


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र प्राचीन विश्वको शास्त्र मध्ये एक हो । जसमा दिशा अनुकुल घर, अफिस वा कुनै पनि निर्माणका विषयमा विस्तृत जानकारी दिइएको हुन्छ । वास्तु शास्त्रको सिद्धान्तले व्यक्तिको जीवनमा सन्तुलन बनाइराख्न मद्दत गर्दछ ।

साथै नकारात्मक ऊर्जा नष्ट गरेर घरमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । यसका अलावा दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कसरी राख्ने त्यसबारे पनि उल्लेख गरिएको छ । जसअनुसार भुइँमा राख्नै नहुने केही सामग्री यस्ता छन्–

कौडा र सीपी
माता लक्ष्मीको पूजामा प्रयोग हुने कौडा र सीपी कुबेरको प्रतिनिधि मानिन्छ । शास्त्रीय मान्यता अनुसार यसलाई भुइँमा राख्दा धन सम्बन्धी समस्या हुन सक्छ ।

शिवलिंग र शालिग्राम
यदि घरको मन्दिरमा शिवलिंग र शालिग्राम छ भने यसलाई भुइँ (जमीन) मा राख्नु हुँदैन । मन्दिर सफा गर्दा धेरैले यस प्रकारको गल्ती गर्दछन् । शिवलिंग र शालिग्रामलाई भुइँमा राखेमा जीवनमा संकट आउने धार्मिक मान्यता छ ।

फूलको माला, शंख र तुलसी
पूजापाठका साथै अन्य शुभ कार्यमा प्रयोग हुने फूलको माला, शंख, दियो, तुलसीको पत्ता, कपूर आदि पनि भुइँमा राख्नु हुँदैन । यी सामग्री भुइँमा राख्दा अशुभ हुने वास्तुको मान्यता छ ।

रत्न र आभूषण
वास्तुशास्त्र अनुसार सुन, चाँदी, हीरा, मोती, पन्ना लगायतका बहुमूल्य धातु, रत्न र आभूषण पनि भुइँमा राख्नु हुँदैन । यसो गर्नु ती रत्न र आभूषणको अपमान मानिन्छ भने घरमा धन नटिक्ने मान्यता छ । 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ४४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने