चोरीको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गर्दागर्दै दुई जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गर्दागर्दै दुई जना पक्राउ


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरण तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । धादिङ गजुरी गाउँपालिका-८ किरनचौर स्थायी घर भएका दुवै जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट शनिबार दिउँसो पक्राउ गरेको हो ।

कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२-०४० प ६३८१ नम्बर तथा बा.प्र ०२-०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने  सामानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ५९ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई