सडक दुर्घटनामा परी एमाले नेता कहारको मृत्यु | Khabarhub Khabarhub

सडक दुर्घटनामा परी एमाले नेता कहारको मृत्यु


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा ४८ वर्षीय कहारको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।

घाइते कहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : ०७ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ