कञ्चनपुरमा बसको ठक्करबाट महिलाको ज्यान गयो « Khabarhub

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको ज्यान गयो


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्वपश्चिम राजमार्गमा म१ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान्) र १३ वर्षका बालकृष्ण अवस्थी उपचारपछि डिस्चार्ज भएका छन् । बस र चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : १४ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका