बालकृष्ण खाणको बाटो : अब कता ? | Khabarhub Khabarhub

बालकृष्ण खाणको बाटो : अब कता ?

राजनीतिक विश्लेषक भन्छन्- समय सकियो



काठमाडौँ। पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि थुनामुक्त भएका छन्। उनी थुनामुक्त भएसँगै कांग्रेसको गुटगत राजनीतिमा उनको आगामी भूमिका के हुने भन्नेमा बहस सुरु भएको छ।

वित्तीय अपराधमा खाणको संलग्नताले पार्टीको गिरेको साख अझ पाताल भासिने कतिपयको बुझाइ छ भने अर्काथरिले अब पार्टीसँगै सरकारको पनि बदलिने विश्लेषण गर्न थालेका छन्। कमसेकम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खाणले हटाएरै छाड्छन् भन्ने चर्चा पनि उत्तिकै छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा कांग्रेस नेता खाणलाई २७ वैशाखमा पक्राउ गरिएको थियो। टोपबहादुर रायमाझी लगायतका अरु नेता र कर्मचारी कारागार चलान हुँदा खाण भने अदालत र सम्पत्ति शुद्धीकरण विभागमा ४५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

कांग्रेसको आरोह अवरोहमा खाण सभापति शेरबहादुर देउवाको सारथि बन्दै आएका थिए। पछिल्लो कार्यकालमा देउवालाई सभापति बनाउन गृहमन्त्रीको हैसियतमा खेलेको भूमिकालाई लिएर पार्टीमा उनको कटु आलोचना भएको थियो।

आपतका बेला भरोसा दिएको भनेर खाण अहिले शेखर कोइरालातर्फ ढल्किएको कांग्रेसभित्र चर्चा सुरु भएको छ। आफूलाई तरुण दलको नेतृत्वमा गिरिजाप्रसाद कोइरालाले पुर्‍याएको भन्दै शेखरसँग खाणले कोइराला परिवारको उच्च प्रशंसा गरेका थिए।

मधेश प्रदेशका अधिकांश जिल्लामा उनकै सक्रियतामा देउवाको पक्षमा एकपक्षीय जिल्ला अधिवेशन गरी प्रतिनिधि छानिएको थियो। तर नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवाले आफूलाई फसाएको गुनासो उनको रहँदै आएको छ।

जेलमा भेट्न जाने शुभेच्छुकसँग खाणले देउवाविरुद्ध सन्देश बाहिर पठाएका थिए। उनकी पत्नी मञ्जु खाण त सार्वजनिक कार्यक्रममै देउवा पत्नी आरजुविरुद्ध खनिने गरेको सामाजिक सञ्जालमा छारस्ट बनेको थियो।

खाण गिरफ्तार भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको कामलाई धन्यवाद दिँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ पुगेका थिए। तर, शेखर कोइरालाले भने जेलमै पुगेर खाणलाई आश्वासन दिए।

आपतका बेला भरोसा दिएको भनेर खाण अहिले कोइरालातर्फ ढल्किएको कांग्रेसभित्र चर्चा सुरु भएको छ। आफूलाई तरुण दलको नेतृत्वमा गिरिजाप्रसाद कोइरालाले पुर्‍याएको भन्दै शेखरसँग खाणले कोइराला परिवारको उच्च प्रशंसा गरेका थिए। तर आफ्नो भावी रणनीतिबारे भने उनी अहिलेसम्म कतै बोलेका छैनन्।

देउवासँग खाण किन रिसाए ?
खाण शेरबहादुर देउवाले धेरै विश्वास गरेका नेता हुन् । विमलेन्द्र निधि, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला लगायतका नेता भन्दा कम उमेर र योगदान भए पनि देउवाको नजरमा परेर उनी गृहमन्त्रीमा बाजी मार्न सफल भए। उनलाई देउवा समूहको उत्तराधिकारीका रुपमा समेत हेर्न थालिएको थियो।

तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवाले बचाउन सहयोग नगरेको आक्षेप खाणको छ। देउवा पत्नी आरजु र खाण पत्नी मञ्जुको अन्तरसम्बन्ध यो प्रकरणपछि पानी बाराबारमा पुग्यो। मञ्जुले पार्टी नेतृत्वकै कारण खाण जेल पुगेको आरोप लगाइन्।

तर यही विषयले सभापतिको साथ छाडेको अवस्थामा खाण अझ कमजोर भएर जाने कांग्रेसका दोस्रो दर्जाका नेताको विश्लेषण छ। सभापति देउवाले आरजुलाई जोगाउन ठूलो जोड लगाएको तर खाणलाई जोगाउन नसकेको कांग्रेस नेताको भनाइ छ।

खाणका पक्षमा पार्टी कार्यसम्पादन समितिका करिब १० बढी नेताहरू रहेको बताइन्छ। यस कारण उनले अब गृहमन्त्री फेर्न दबाब दिन सक्ने कांग्रेसभित्रको बुझाइ छ। केही नेताहरू अब खाणले शेखर पक्षमा मिसिएर कांग्रेसको राजनीतिमा एक प्रकारको तरंग ल्याउने तर्क गर्छन्।

नेपाली कांग्रेस अहिले गठबन्धन सरकारमा सामेल छ। आफ्नै सरकार हुँदा पनि आफूलाई बचाउन सहयोग नगरेको भन्ने गुनासो खाणको छ। नजिक रहेर उठबस गरेका उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशसरण महतसँग पनि खाण चिढिएका छन्। यसो हुँदा उनी अब जुनसुकै हालतमा पनि सरकार फेर्न भूमिका खेल्न शेखर निकट देखिन थालेका हुन्।

खाणका पक्षमा पार्टी कार्यसम्पादन समितिका करिब १० बढी नेताहरू रहेको बताइन्छ। यस कारण उनले अब गृहमन्त्री फेर्न दबाब दिन सक्ने कांग्रेसभित्रको बुझाइ छ। केही नेताहरू अब खाणले शेखर पक्षमा मिसिएर कांग्रेसको राजनीतिमा एक प्रकारको तरंग ल्याउने तर्क गर्छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुन अरू पार्टीसँग पनि मिलेर हिँड्नुपर्ने अवस्थामा आफ्नै पार्टी गुट-उपगुटमा अल्झन नहुने बताउँछन्। उनी भन्छन्, ‘दोष हो होइन, केलाएर त्यसअनुसार कारबाही हुने त छँदै छ। कसले गरेको भन्ने पहिल्याउनु पार्टीको दायित्व हो।’

खाण कसैसँग टाढिएको तथा नजिक भएको भन्ने कुरा भ्रमबाजी मात्र भएको बताउने पुन गुटभन्दा पनि पार्टी एकीकृत रहने कुरामा खाणको जोड रहेको दाबी गर्छन्।

हुन त कांग्रेसभित्रको गुटबन्दीको असर कोशी प्रदेश सरकार गठनमा समेत देखिएकै छ। कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बन्दा अदालतले असंवैधानिक भनेर दुई पटक विघटन गरेपछि हाल संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की मुख्यमन्त्री बनेका हुन्।

केन्द्रको गठबन्धन सर्कुलर तोड्दै नेकपा (एमाले)को समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसदले हस्ताक्षर गरेका थिए। कार्कीले विश्वासको मत लिँदा पक्षमा ८६ मत र विपक्षमा ५ मत मात्र परेको थियो। विश्वासको मत दिनेहरूमा नेकपा (एमाले) ३९, नेपाली कांग्रेस २९, नेकपा माओवादी १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद थिए। राप्रपाका १ सांसद भने मतदानमा अनुपस्थित रहेका थिए।

प्रदेशमा माओवादीसँगको गठबन्धन टुक्र्याउन र एमालेसँग गठबन्धन बनाउन कांग्रेस सांसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हात रहेको चर्चा छ। नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ परेर छुटेपछि शर्माले बालकोटमा केपी ओलीलाई भेटेर केन्द्रमा पनि यस्तो प्रयास थालेको ‘ओपन सेक्रेट’ जस्तै छ।

कोशी प्रदेशको अप्रत्यासित परिणामले शेखर समूहलाई राष्ट्रिय राजनीतिमा मोलतोल गर्न बल पुगेको बुझ्न कठिन छैन। कोशी प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता उद्धव थापा भन्छन्, ‘कोशी प्रदेशको हकमा मलाई अदालतले असंवैधानिक भनेपछि म पछि हटेको हुँ। केन्द्रको गठबन्धनबाट प्राप्त पत्रका आधारमा कार्कीलाई समर्थन गर्नु भनेपछि सल्लाहमा नै कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो।’

उनले अगाडि थपे, ‘गठबन्धनको भविष्यबारे केन्द्रलाई बढी थाहा होला। प्रदेशमा एमालेसँग बनेको गठबन्धन टुक्रने माहोल देख्दिनँ। कार्कीजीले हाम्रो सल्लाहअनुसार नै काम गरिरहनु भएको छ।’

प्रदेशमा माओवादीसँगको गठबन्धन टुक्र्याउन र एमालेसँग गठबन्धन बनाउन कांग्रेस सांसद एवं मेडिकल व्यवसायी सुनील शर्माको हात रहेको चर्चा छ। नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ परेर छुटेपछि शर्माले बालकोटमा केपी ओलीलाई भेटेर केन्द्रमा पनि यस्तो प्रयास थालेको ‘ओपन सेक्रेट’ जस्तै छ। भर्खरै सम्पन्न गुटको भेलामा पनि सांसद शर्माले तत्काल सरकारको विकल्प खोज्न आग्रह गरेका थिए।

सत्तापक्ष जेलमुक्त, प्रतिपक्ष थुनामा
अदालतले नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामै राख्न आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर तीन जनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो। तर सत्ता पक्षका नेता छुट्ने र प्रतिपक्षका नेता थुनामा हुने भनेर प्रश्न उठ्न थालेको छ।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर तीन जनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो। तर सत्ता पक्षका नेता छुट्ने र प्रतिपक्षका नेता थुनामा हुने भनेर प्रश्न उठ्न थालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली मेची यात्राका क्रममा पाँचथरको फिदिम पुगेर खाणलाई सेटिङमा छोडिएको टिप्पणी गरेका थिए।

ओलीले कांग्रेसका खाणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै आपत्ति जनाएका हुन्। उनले भनेका थिए, ‘कांग्रेसको मान्छे भए छुट्छ, कांग्रेसको त्यै विषयको मन्त्री भए पनि छुट्छ। तर, एमालेमा लागेको छ भने एमालेमा लागेको रिसले कोही मान्छे छुट्दैन।’

यसबारे कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष पुनको फरक मत छ। उनी खाणजस्तो कांग्रेसमा सम्भावना भएको र प्रभाव रहेको नेतालाई गठबन्धन सरकारले दुःख दिएको बताउँछन्। उनी भन्छन्, ‘ठूला मान्छेलाई बचाएर राम्रो छवि भएको नेतालाई समातियो।’

पुन अगाडि भन्छन्, ‘खाण दोषी हुनुहुन्न। अदालतले समेत दोषी प्रमाण गरिनसकेको अवस्था छ। आरोप मात्र लगाइयो। एमाले अध्यक्ष ओलीले जे बोल्नु भएको छ, त्यो सरासर गलत छ। अदालतले गरेको जुनसुकै निर्णयलाई स्वीकार गर्नुपर्छ।’

धरौटीमा रिहा भएका खाणले अब शेखर समूहमा लागेर एमालेसँग गठबन्धन बनाउने खेल सुरु गर्ने र पूर्वउपप्रधानमन्त्री रायमाझी लगायतलाई छुटाउन बल गर्ने धेरैले आंकलन गरेका छन्।

कांग्रेसमा लागेको दाग अमृतले धोए पनि मेटिँदैन : विश्लेषक
अब पूर्वगृहमन्त्री खाणको समय सकिएको राजनीतिक विश्लेषकको तर्क छ। खाण धरौटीमा छुट्नुको कारण सत्ताको प्रताप भएको भन्दै राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्की उनको राजनीतिक हैसियत अब नफर्किने दाबी गर्छन्।

कार्कीले खबरहबसँग भने, ‘हरेक काण्डमा यी तीन ठूला दल कांग्रेस, एमाले र माओवादीको खेल छ। यी सबैको सेटिङमा नै उनी छुटेका हुन् भन्ने कुरा स्पष्ट छ। शेखरले चाहेर अथवा देउवाले चाहेर मात्र खाण छुट्न सक्ने कुरा भएन। देउवाको बढी दबाब होला, किनकि उनको परिवार पनि मुछिएको थियो। यसमा सत्ता र शक्तिको चरम दुरुपयोग भएको छ।’

अब पूर्वगृहमन्त्री खाणको समय सकिएको राजनीतिक विश्लेषकको तर्क छ। खाण धरौटीमा छुट्नुको कारण सत्ताको प्रताप भएको भन्दै राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्की उनको राजनीतिक हैसियत अब नफर्किने दाबी गर्छन्।

खाणको कर्मलाई कांग्रेसले अमृतले धुन खोजे पनि नमेटिने बताउँदै कार्की थप्छन्, ‘खाणको प्रभाव अब घटेर जान्छ। प्रभाव नै नभएको मान्छे शेखर समूहमा गएर मिले पनि त्यसको असर हुँदैन। देउवाले असहयोग गरेर शेखरले सहयोग गरे पनि अब खाणका बारेमा जनसमुदाय परिचित छ। उनको सार्वजनिक जीवन समाप्त भएसरह हो। वित्तीय अपराधमा मुछिएका धेरै राजनीतिज्ञको राजनीतिक जीवन अवसान भएको उदाहरण नेपालमै छ।’

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : १० बजे

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

झापा – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका

नेपालको संविधान विश्वमै उत्कृष्ट छ : नेता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले