पार्टीको विधान संशोधन गर्ने नेकपा एसको तयारी « Khabarhub

पार्टीको विधान संशोधन गर्ने नेकपा एसको तयारी


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले विधान संशोधन प्रस्ताव पेश गरेको हो ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सचिवालय बैठकमा प्रस्ताव पेश गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि मंगलबार पनि सचिवालय बैठकमा छलफल हुने उनले बताए ।

प्रस्तावमाथि आएका सुझावहरुलाई समेटेर अघि बढाइने उनले बताए । सचिवालयको बैठकपछि पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिटब्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने समाजवादीले जनाएको छ ।

त्यस्तै समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : १७ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका