पार्टीको विधान संशोधन गर्ने नेकपा एसको तयारी « Khabarhub

पार्टीको विधान संशोधन गर्ने नेकपा एसको तयारी


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले विधान संशोधन प्रस्ताव पेश गरेको हो ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सचिवालय बैठकमा प्रस्ताव पेश गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि मंगलबार पनि सचिवालय बैठकमा छलफल हुने उनले बताए ।

प्रस्तावमाथि आएका सुझावहरुलाई समेटेर अघि बढाइने उनले बताए । सचिवालयको बैठकपछि पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिटब्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने समाजवादीले जनाएको छ ।

त्यस्तै समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : १७ बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको