आफ्नै निर्णय नमान्दा एन्फाको सिइओ बने इन्द्रमान तुलाधार « Khabarhub

आफ्नै निर्णय नमान्दा एन्फाको सिइओ बने इन्द्रमान तुलाधार


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खुला प्रतिस्पर्धाबाट (सिइओ) नियुक्त गर्ने आफ्नै निर्णयबिपरित अखिल नेपाल फुटबल संघ (एन्फा) को सिइओमा इन्द्रमान तुलाधार नियुक्त भएका छन् ।

आज बसेको एन्फाको कार्यसमिति बैठकले तुलाधरलाई सिइओ नियुक्त गरेको हो।

केन्द्रीय सदस्यहरूले सिइओ नियुक्त गर्न खुला दरखास्त आह्वान गर्ने एन्फाले यसअघि दुई पटक निर्णय गरेको बारे अध्यक्ष पंकजबिक्रम नेम्बाङलाई स्मरण गराएका थिए ।

तुलाधरलाई टिके सिइओ नियुक्त नगर्न भन्दै कार्यसमिति बैठकमा विरोध समेत भएको थियो ।

तर, विशेषसाधारणभामा अध्यक्ष नेम्बाङविरूद्धको अविश्वास प्रस्तावलाई विफल बनाउन भूमिका खेलेका तुलाधरणलाई नेम्बाङले सिइओ बनाउन सफल भए ।

तुलाधर अघिल्लो कार्यकालमा एन्फाको महासचिव थिए । संकटा क्लबको अध्यक्ष समेत रहेका तुलाधर डेढ वर्षअघि भएको एन्फा निर्वाचनमा अध्यक्ष नेम्बाङविरुद्धको कर्माछिरिङ शेर्पाको प्यानलमा थिए ।

हेडौटौंमा भएको विशेषसाधारणभाबाट तुलाधार नेम्बाङ समूहमा ढल्किएका हुन् । पछिल्लो समय लगातार एन्फाको कुनै न कुनै भूमिका रहेका तुलाधारलाई साथ लिएपछि नेम्बाङलाई कार्यसमितिमा आफ्नो अल्पमत टार्न पनि सजिलो भएको थियो । नेम्बाङ अध्यक्ष भएदेखि नै कार्यसमितिमा अल्पमतमा परेका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ३६ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा