सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छ : मुख्यमन्त्री कार्की « Khabarhub

सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छ : मुख्यमन्त्री कार्की


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा प्रकाशित ‘कोशी प्रदेशको आर्थिक व्यावसायिक पाश्र्वचित्र–२०८०’ को आज यहाँ लोकार्पण गर्दै उनले सार्वजनिक र निजी क्षेत्रबाट गरिने लगानीका बीच सामञ्जस्य कायम गर्न सके सीमित स्रोतको उच्चतम् प्रयोग भई आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त हुन्छ भने ।  उनले आन्तरिक र बाह्य लगानी बढाउन प्रतिस्पर्धात्मक लाभका क्षेत्र पहिचान गर्ने तथा लगानीमैत्री वातावरण तयार गर्न सरकार र निजी क्षेत्रका बीच प्रभावकारी समन्वय र साझेदारीको आवश्यकता रहेकामा जोड दिए । 

उनले कोशी प्रदेशको आर्थिक विकास र समृद्धिको यात्राअघि बढाउन सरकारले अनुकूल र लगानीमैत्री वातावरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको धारणा व्यक्त गरे ।

लगानी विस्तारका साथै आय र रोजगारी प्रवर्द्धनका लागि पनि प्रदेश सरकारको आर्थिक अवस्था र सम्भावनासम्बन्धी तथ्यांकको उपलब्धता अनिवार्य हुने जनाउँदै उनले महासङ्घले तयार पारेको प्रादेशिक अर्थतन्त्र र आर्थिक गतिविधिसम्बन्धी तथ्यांकले सरकारका लागि निकै उपयोगी हुने छ भने । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रबाट पहिलो पटक प्रकाशित यो तथ्यांकले उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानी गर्न चाहने व्यवसायीलाई फाइदा पुग्ने कुरामा जोड दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ३० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका