माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै « Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा दिउँसाे ३ बजे बस्नेछ । 

बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । यस्तै, सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडि बढाउन एकता समायोजन समिति गठन गर्ने सम्भावना छ ।

मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म  समायोजन समिति गठन भएको छैन ।

भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान पुस १६ गते सकिँदैछ । यस्तै, प्रचण्ड नेतृत्वको सरकारले पुस ११  गते एक वर्ष पुरा गर्दैछ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : १५ बजे

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो