तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम « Khabarhub

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ ।

तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो ।

कुन सवारीसाधनमा कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी अनुशिक्षण तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक  घनश्याम श्रेष्ठले जानकारी दिए ।

तस्करले सवारीसाधनबाट नयाँ–नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले त्यसलाई रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइने उनको भनाइ छ ।

उनले चोरी तस्करीका घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई सवारी खानतलासी तालिम आवश्यक भएको बताए ।

सवारीसाधनमार्फत अवैध सामग्री ओसारपसारका बारेमा प्रहरी ज्ञान, सीप नहुँदा प्रहरीको सवारीजाँच प्रभावकारी नहुने भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी तालिम आवश्यक भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

गत आइतबारदेखि सुरु भएको सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम बिहीबार सम्पन्न हुनेछ ।

तालिममा जिल्लाभरका एक सय प्रहरी सहभागी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मनराम मोटर्सको आयोजनामा तालिम आयोजना भएको हो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ५७ बजे

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त