जबरजस्ती करणी गरेको आरोपमा खोटाङ र भोजपुरमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा खोटाङ र भोजपुरमा दुई जना पक्राउ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जबरजस्ती करणी गरेको आरोपमा खोटाङ र भोजपुरमा २ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उता १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर षडानन्द नगरपालिका १३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : २३ बजे

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय