सूचना प्रविधि क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ : मन्त्री शर्मा | Khabarhub Khabarhub

सूचना प्रविधि क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ : मन्त्री शर्मा


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले नपुग्ने भएकाले यसको आमूल परिवर्तनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएकी छन्।

प्रविधि पत्रकार मञ्चसँगको अन्तरक्रियामा आज उनले प्रविधि सुहाउँदो हुनेगरी कानुनी एवं भौतिक संरचना परिवर्तन गर्न आफूहरू निरन्तर लागि रहेकाले क्रमशः नतिजा पनि आउन थालेको बताइन्।

सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानुनी र संरचनागत सुधारकै लागि गृहकार्य गरिरहेको मन्त्री शर्माले जानकारी दिइन् ।

‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीले संसारसँग प्रतिस्पर्धा गर्ने एकमात्र आधार सूचना प्रविधि बन्दैछ’, उनले भनिन्, ‘हामीले स्थापना गरेका अन्य उद्योगधन्दा सूचना प्रविधि क्षेत्रमा गरिएको उत्पादनले सीमाविहीन रुपमा संसारभित्र प्रतिस्पर्धा गर्न सकिने अवस्था बन्दै छ, यो अवसरलाई आत्मसात नीतिगत र संरचनागत रुपमै परिवर्तन आवश्यक देखिएको छ ।’

नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै मन्त्री शर्माले यसका आधारमा अहिले कानुनको मस्यौदा भइरहेको जानकारी दिइन्। डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएको भन्दै त्यसको एउटा अङ्ग डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) प्रोजेक्टको पुनसंरचना अन्तिम चरणमा पुर्‍याइएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : १० बजे

प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठिन छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका

नारायणी लिफ्टबाट पानी छोडियो

चितवन– नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि

नौ जनाको हत्या आरोपमा जापानमा एक जनालाई मृत्युदण्ड 

टोकियो– टोकियो नजिकैको आफ्नो अपार्टमेन्टमा नौ जनालाई मारेर टुक्रा पारेको

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि