इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश « Khabarhub

इएफएल कप : चेल्सी सेमिफाइनलमा प्रवेश


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इएफएल कप फुटबलमा लन्डन क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिचले गोल गरे भने
न्यूक्यासलका कलुम विल्सन र ब्रुनो गुइमारेसले मात्रै गोल गरेका थिए ।

यसअघि न्यूक्यासलका कलुम विल्सनले गोल गर्दा चेल्सीका मिखाइलो मुड्रिचले बराबरी गोल फर्काएका थिए । निर्धारित र थपिएको समयमा समेत थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।

यस्तै फुल्हम र मिडल्सवर्गले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ०५ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,