२० वर्षपछि ऐश्वर्या र छोराको सम्बन्धबारे बोले सुरेश ओबेरोय « Khabarhub

२० वर्षपछि ऐश्वर्या र छोराको सम्बन्धबारे बोले सुरेश ओबेरोय


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिषेक बच्चन र ऐश्वर्या राईको डिभोर्सको हल्ला चलिरहेका बेला वरिष्ठ अभिनेता सुरेश ओबेरोयले आफ्नो छोरा विवेक र ऐश्वर्याको प्रेम सम्बन्धबारे बोलेका छन् । घटनाको २० वर्षपछि उनले यस घटनाबारे बोलेका हुन् ।

विवेकले आफूलाई ऐश्वर्यासँगको सम्बन्धबारे कहिल्यै जानकारी नदिएको उनले बताएका छन् । एक निर्माताले आफूलाई उनीहरूको सम्बन्धको जानकारी दिएको उनले खुलाएका छन्, त्यसभन्दा अघि एक व्यक्तिले पनि उनीहरूको सम्बन्धबारे आफूलाई भनेको ओबेरोयको भनाइ छ ।

‘एनिमल’ फिल्ममा रणवीरका हजुरबुबाको भूमिकाबाट प्रशंसा पाएपछि लेहरेन रेट्रोसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘धेरै कुरा त मलाई अझै पनि थाहा छैन । तर मैले उनीहरूको सम्बन्ध थाहा पाउनेबित्तिकै त्यसबाट सचेत रहन आग्रह गरेको थिएँ ।’

‘सलमान र बच्चन परिवारसँग सम्बन्ध राम्रो छ’

ऐश्वर्याका सम्बन्धलाई सलमान र विवेकबीच ठूलो झगडा भएको थियो । सन् २००३ मा भएको यी दुई नायकको झगडाले बलिउडमा ठूलो स्थान पायो । यही काण्डका कारण विवेकको करिअर क्षमता अनुसार अगाडि नबढेको बताइन्छ ।

पछि ऐश्वर्याले अमिताभ बच्चनका छोरा अभिषेकसँग लगन गाँठो कसिन् । यसले सुरेश र बच्चन परिवारको सम्बन्ध बिग्रिएको हल्ला चलेको थियो । यही लफडाले सलमानको परिवारसँग पनि उनको सम्बन्ध चिसिएको धेरैको अनुमान थियो ।

सो अन्तर्वार्ता वरिष्ठ अभिनेता सुरेशले आफू र अमिताभ कहिल्यै राम्रो साथी नभएका कारण यो विवादले सम्बन्धमा कुनै असर नपरेको बताएका छन् । उनी थप्छन्, ‘म अमिताभको सहकर्मी हुँ । मेरो भाइको मृत्यु भएका बेला अमिताभकी

पत्नी जाया आउनुभएको थियो । हामीबीच व्यवसायिक सम्बन्ध थियो । अमिताभले मलाई जन्म दिनमा पनि बोलाउनुभयो, त्यो मलाई राम्रो लाग्यो ।’

त्यस्तै, छोरोको विवादले सलमानको परिवारसँग पनि आफ्नो नबिग्रिएको उनको दाबी छ । अमिताभ, सलमान र उनका बुबा सलिम खानसँग आफ्नो भेट जहिल्यै राम्रो माहोलमा हुने खुलाए ।

सलमानले अझ विशेष सम्मान दिने बताउँदै सुरेश थप्छन्, ‘हामी सबै एक–अर्कालाई राम्रोसँग भेट्छौँ । सलमानले मलाई भेट्दा चुरोट लुकाएर सम्मानपूर्वक मसँग कुरा गर्ने गरेका छन् । म विवेकलाई ‘सलिम भाइ’को खुट्टा छुनु भन्छु । धेरै घटना भए, तर सम्बन्ध राम्रो छ ।’

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ९ : २० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा