नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन | Khabarhub Khabarhub

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन भएका छन् ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २३० औँ सञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।

 एक कार्यक्रमका बीचमा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : ४६ बजे

 जेन-जी आन्दोलनबारे रास्वपाले भन्यो- अप्रत्याशित र आश्चर्यजनक दुवै होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलन शासकीय अनैतिकता र असक्षमताको

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छ : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस

पार्टी छोडेका नेता-कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी

भारी हिमपातका कारण मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ– मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ ।

दाङमा करिब एक हजार सात सय मतदाता थपिए

तुलसीपुर– यहाँ एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन्