बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ « Khabarhub

बालविवाह गराएको आरोपमा पाँचजना पक्राउ


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मंगलबार राति पक्राउ गरिएको हो । ‘बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने । 

छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुबा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।

गत मङ्सिर २९ गते बालिकालाई उनकी सानिआमाको घर लगेर दबाब दिएर  विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताएका छन् । 

पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उनले बताए । उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : २० बजे

ओली समूहले रातभरमा पनि टुंग्याउन सकेन महासचिवको उम्मेदवार: के गर्दैछ पोखरेल समूह ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा

कालिका नगरपालिका चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास

चितवन– चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि

पोखरा शहरसँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल (तस्बिरहरू)

पोखरा– पोखरा नेपालको पर्यटकीय राजधानी शहर हो । प्रकृतिले दिएको

कोरलास्थित सीमाक्षेत्रमा नेपाल–चीन संयुक्त गस्ती

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको

भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका