दशैँमा प्रतीक्षित फिल्महरूको भिडन्त पक्का ! « Khabarhub

दशैँमा प्रतीक्षित फिल्महरूको भिडन्त पक्का !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसपालिको दशैँमा प्रतीक्षित फिल्मको भिडन्त हुने पक्का भएको छ । दुई सिरिज सफल भइसकेको र राम्रो हाइप बनाएको फिल्म ‘कबड्डी ३’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएपछि दर्शकले आशा गरेका फिल्म दशैँ केन्द्रित बनेका छन् ।

यसअघि चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ पनि दशैँको अवसर पारेर रिलिज हुने भनिएको थियो । विजयादशमी २१ गते परे पनि असोज लागेसँगै फिल्म क्षेत्रमा दशैँ लाग्ने देखिएको छ ।

पहिले भदौ १३ मा रिलिज हुने भनिएको फिल्म ‘कबड्डी ३’ असोज ३ मा रिलिज हुनेछ । यो मितिमा पहिले ‘घामड शेरे’ रिलिज हुने चर्चा थियो ।

दशैँकै अवसर पारेर चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ रिलिज हुँदैछन् । यी दुई फिल्मले आधिकारिक रुपमा रिलिज मिति तय गरेका छैनन् । यद्यपि ‘छ माया छपक्कै’ असोज १० गतेबाट प्रदर्शनमा आउने चर्चा छ ।

एक हप्ताअघि रिलिज हुने कमेडी जानराकै फिल्म ‘कबड्डी ३’ यदि दर्शकले रुचाएको खण्डमा ‘छ माया छपक्कै’ टिमको व्यापारमा पनि घाटा हुन सक्ने अनुमान गरिएको छ ।

चर्चामा रहेका सबै फिल्म लगभग केही हप्ताको फरक पारी एकैपटक रिलिज हुने भएपछि कुनै न कुनै फिल्मलाई घाटा हुने देखिएको छ । यता ‘कबड्डी ३’ रिलिजकै दिन अर्को फिल्म ‘लभ डायरिज’ पनि रिलिज हुने पक्का भएको छ ।

जेठ ३ मा रिलिज भएको कमेडी फिल्म ‘जात्रै जात्रा’ ले ५१ औँ दिन मनाएको थियो । दशैँमा भने केही हप्ताको अन्तरमा प्रतीक्षित फिल्म रिलिज हुँदा फिल्म फिल्मले ५१ औँ दिन नमनाउने हुन् कि भन्ने अड्कल काट्न थालिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : ०१ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको