दशैँमा प्रतीक्षित फिल्महरूको भिडन्त पक्का ! « Khabarhub

दशैँमा प्रतीक्षित फिल्महरूको भिडन्त पक्का !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसपालिको दशैँमा प्रतीक्षित फिल्मको भिडन्त हुने पक्का भएको छ । दुई सिरिज सफल भइसकेको र राम्रो हाइप बनाएको फिल्म ‘कबड्डी ३’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएपछि दर्शकले आशा गरेका फिल्म दशैँ केन्द्रित बनेका छन् ।

यसअघि चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ पनि दशैँको अवसर पारेर रिलिज हुने भनिएको थियो । विजयादशमी २१ गते परे पनि असोज लागेसँगै फिल्म क्षेत्रमा दशैँ लाग्ने देखिएको छ ।

पहिले भदौ १३ मा रिलिज हुने भनिएको फिल्म ‘कबड्डी ३’ असोज ३ मा रिलिज हुनेछ । यो मितिमा पहिले ‘घामड शेरे’ रिलिज हुने चर्चा थियो ।

दशैँकै अवसर पारेर चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ रिलिज हुँदैछन् । यी दुई फिल्मले आधिकारिक रुपमा रिलिज मिति तय गरेका छैनन् । यद्यपि ‘छ माया छपक्कै’ असोज १० गतेबाट प्रदर्शनमा आउने चर्चा छ ।

एक हप्ताअघि रिलिज हुने कमेडी जानराकै फिल्म ‘कबड्डी ३’ यदि दर्शकले रुचाएको खण्डमा ‘छ माया छपक्कै’ टिमको व्यापारमा पनि घाटा हुन सक्ने अनुमान गरिएको छ ।

चर्चामा रहेका सबै फिल्म लगभग केही हप्ताको फरक पारी एकैपटक रिलिज हुने भएपछि कुनै न कुनै फिल्मलाई घाटा हुने देखिएको छ । यता ‘कबड्डी ३’ रिलिजकै दिन अर्को फिल्म ‘लभ डायरिज’ पनि रिलिज हुने पक्का भएको छ ।

जेठ ३ मा रिलिज भएको कमेडी फिल्म ‘जात्रै जात्रा’ ले ५१ औँ दिन मनाएको थियो । दशैँमा भने केही हप्ताको अन्तरमा प्रतीक्षित फिल्म रिलिज हुँदा फिल्म फिल्मले ५१ औँ दिन नमनाउने हुन् कि भन्ने अड्कल काट्न थालिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : ०१ बजे

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०