समाजवादी किसान महासंघको राष्ट्रिय भेला सम्पन्न « Khabarhub

समाजवादी किसान महासंघको राष्ट्रिय भेला सम्पन्न


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालसम्वद्ध समाजवादी किसान महासंघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

चितवनको सौराहामा आयोजित दुईदिने भेला मंगलबार सम्पन्न भएको हो । भेलाले सञ्जय सिंहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय कार्यसम्पादन समिति पुनर्गठन गरेको छ ।

कार्यसम्पादन समितिको सदस्यहरूमा गीता यादव, श्रीप्रसाद भगत, ओमकृष्ण श्रेष्ठ, तबरेज अहमद, उमेश्वर झा, ललिताकुमारी महतो, श्रवण यादव माथे, चिरिञ्जीवी ढकाल, श्याममाया राई, रुपेशकुमार कठरिया, रामकुमारी महर्जन, भारतीकुमारी शाह, शैलेन्द्र यादव र सोमबहादुर लामा रहेका छन् ।

राष्ट्रिय भेलाले संगठन विधानमा आवश्यक छलफल, संशोधन गर्नुका साथै संगठनको प्रगति विवरण समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेको थियो । राष्ट्रिय भेलाको प्रमुख अतिथि संघीय सरकारका बन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो रहेका थिए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : २९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज