१० जना जुवाडे पक्राउ « Khabarhub

१० जना जुवाडे पक्राउ


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बुढानीलकण्ठ र तार्केश्वर नगरपालिकाबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय सुशील श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  १२ : ३८ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार