तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल « Khabarhub

तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका कर्णालीका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले रु ३० लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने भनेपछि कानुन संशोधन गरेर भए पनि आयोजना कार्यान्वयनमा जानुपर्ने जनाउँदै आन्तरिक छलफल सुरु गरेको छ ।

सहरी विकासमन्त्री मङ्गल शाहीका अनुसार उपयुक्त योजना कार्यान्वनमा  लैजाने र अनुपयुक्त आयोजना अर्को वर्ष समेटेर कार्यान्वयन गर्ने विषयमा छलफल सुरु भएको छ । सडक निर्माणतर्फ रु ३० लाखभन्दा कम लागतका आयोजना र अन्य पूर्वाधार निर्माणतर्फ रु १५ लाखभन्दा कम लागतका आयोजना पनि तीन राजनीतिक दलको सहमतिका आधारमा कार्यान्वन गरिनेछ ।

जिल्लामा आफू अनुकूलका व्यक्तिलाई एक सयभन्दा बढी टुक्रे योजना बाँडिएको आरोप लगाउँदै प्रदेशसभामा चर्को विरोध भएपछि सरकारले उक्त योजना तत्काल फिर्ता लिएर रु ३० लाखभन्दा माथिका योजना मात्र कार्यान्वयन गर्ने सहमति गरेको थियो ।

दैनिक योजना सम्झौता गर्न दबाब दिँदै जिल्ला कार्यालयमा उपभोक्ता आउने गरेका छन् । आयोजना निर्माण नहुँदा ग्रामीण भेगका जनतामा अन्योल छाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  २ : १४ बजे

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज

पूर्वविशिष्ठहरूलाई सुविधामाथि सुविधा, प्रधानमन्त्री कार्यालयले सोध्यो गृहसँग स्पष्टीकरण

काठमाडौं- राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्ति रोक्न सरकार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँचजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु

वीरगन्ज– सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन्

अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक