गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो « Khabarhub

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- गत अक्टोबरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, ६ हजार २ सय महिला छन् । आक्रमणमा ५२ हजारभन्दा धेरै घाइते भएका छन् भने ६ हजार ७ सय जना बेपत्ता भएका छन् ।

इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी  तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ । हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको दोस्रो चरण सुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइननीको सङ्ख्या ३ सय ३ तीन पुगेको वाफा नामक प्यालेस्टाइनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : १७ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन