गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो « Khabarhub

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- गत अक्टोबरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, ६ हजार २ सय महिला छन् । आक्रमणमा ५२ हजारभन्दा धेरै घाइते भएका छन् भने ६ हजार ७ सय जना बेपत्ता भएका छन् ।

इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी  तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ । हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको दोस्रो चरण सुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइननीको सङ्ख्या ३ सय ३ तीन पुगेको वाफा नामक प्यालेस्टाइनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ३ : १७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका