२२ वर्ष कान्छी प्रेमिकासँग ब्रेकअप गरेर लगनगाँठो कस्दै अरबाज | Khabarhub Khabarhub

२२ वर्ष कान्छी प्रेमिकासँग ब्रेकअप गरेर लगनगाँठो कस्दै अरबाज

दुई दिनपछि विवाह गर्दै


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान ५६ वर्षको उमेरमा दोस्रो पटक विवाह बन्धनमा बाँधिन लागेका छन् । उनले प्रेमिका शौरा खानसँग २४ डिसेम्बरमा लगनगाँठो कस्न लागेका हुन् ।

अरबाजको परिवार विवाहको तयारीमा जुटिसेको छ । यस विवाह समारोहमा परिवार र नजिकका साथीहरुलाई मात्र उपस्थित गराउने खान परिवारको तयारी छ ।

२१ वर्षीय छोराका बुबा अरबाजको विवाह मुम्बइमै हुने बताइएको छ ।

को हुन् अरबाजको दुलही ?

शौरा व्यवासायिक मेकअप आर्टिस्ट हुन् । उनले धेरै फिल्म र टेलिभिन शोमा मेकअप आर्टिस्टको रुपमा काम गरिसेकेकी छिन् । उनले नायिका रबिना टण्डनलगायतका कलाकारसँग पनि काम गरेकी छन् ।

अरबाज र शौराको भेट पनि कामकै दौरान फिल्म सेटमा भएको हो । अरबाजले निर्माण गर्न लागेको फिल्म ‘पटना शुक्ला’मा यी दुईको पहिलो भेट भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भेटको सुरुवातदेखि नै उनीहरु प्रेम सम्बन्धमा बसेका बुझिएको छ । शौराले आधिकारिक इन्स्टाग्राम खाता भने प्राइभेट गरेकी छन् ।

सम्बन्धमा असफल अरबाज

अरबाज यसअघि अभिनेत्री तथा डान्सर मलाइका अरोरासँग विवाह बन्धनमा थिए । प्रेम सम्बन्धलाई सन् १९९८ मा विवाहमा परिवर्तन गरेको यो जोडी एक बच्चा पनि भयो । सन् २००२ मा उनीहरुले अर्हान खानलाई जन्म दिएका थिए । १८ वर्षपछि यो जोडीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेका थिए ।

सन् २०१६ मा डिभोर्सपछि अर्हान बुबासँगै बस्दै आएका छन् । यद्यपि मलाइका पनि छोरासँग भेट गरिरहेकी हुन्छिन् । मलाइका नायक अर्जुन कपुरसँग प्रेम सम्बन्धमा मस्त छन् । उनीहरु सामाजिक सन्जालमा प्रेमिल तस्बिरहरु सार्वजनिक गरिरहेका हुन्छन् ।

मलाइकासँगको डिभोर्सपछि अरबाज मोडल तथा अभिनेत्री जर्जिया एन्ड्रियानीसँग प्रेम सम्बन्धमा थिए । उनीहरु सार्वजनिकस्थानमा पनि प्रायः सँगै देखिन्थे ।

अरबाजको यो सम्बन्ध सफल हुन सकेन । २२ वर्ष कान्छी प्रेमिका जर्जियासँग सम्बन्ध टुटेको हल्लाकै बीच शौरासँग विवाहको कुरा बाहिरिएको हो ।

(भुल सुधार: यसअघिको समाचारमा सलमान खानको भाइ हुनुपर्नेमा अन्यथा भएकाले क्षमा याचनासहित सच्याइएको छ – सं )

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ०२ बजे

रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई

संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघिय लोकतान्त्रिक

एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत

विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन–  जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् ।

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

काठमाडौं– एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र चाडपर्वलाई लक्षित