कोरियाको पानीजहाज परीक्षामा अनुतीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने | Khabarhub Khabarhub

कोरियाको पानीजहाज परीक्षामा अनुतीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरियाको पानीजहाज निर्माण सम्बन्धी कामका लागि भाषा परीक्षामा अनुतीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् ।

उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनिएको थियो ।

तर रोजगार अनुमति प्रणाली (इपीएस) को उक्त निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो ।

न्यायाधीशहरु राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको इजलासले उनीहरुलाई रोक नलगाउनु भनी अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश जारी गरेको छ ।

इपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन गत सोमबारदेखि शुक्रबारसम्म आवेदन दिन आह्वान गरेको थियो । रोजगार अनुमति प्रणाली अन्तर्गत यस वर्षदेखि दक्षिण कोरियाले पानी जहाज बनाउने कामदारका लागि छुट्टै परीक्षा लिन सुरु गरेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ८ : ५२ बजे

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई

सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरिसकेको महिना

रास्वपाको चेतावनी : उपसभामुख रानालाई हटाए सडक संघर्षमा जान्छौँ

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरलाई

संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्वको लागि सूचनाको हक महत्त्वपूर्ण छ : गृहमन्त्री लेखी

जनकपुरधाम– मधेश प्रदेश सरकार गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संघिय लोकतान्त्रिक

एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत

विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी