कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक | Khabarhub Khabarhub

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०–८५’ सार्वजनिक गरेको छ ।

सामाजिक विकास मन्त्रालयले ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो ।

कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति तयार हुनु नै उपलब्धिको विषय भएको बताए । 

‘आँखा संवेदनशील अङ्ग हो, बचाउन संयम हुनुपर्दछ । यसैका लागि बनेको रणनीति कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्दछ,’ उनले भने, ‘रणनीतिमा समावेश गरिएका विषयवस्तुहरुमा केन्द्रित भएर काम गर्नुपर्दछ । जसले यहाँका जनताको आँखा स्वास्थ्य सेवामा उल्लेख्य भूमिका खेलोस् ।’

उनले रणनीतिले लिएको ध्येय, लक्ष्य र उद्देश्य पूरा हुने गरी काम गर्न स्थानीय तह, प्रदेश सरकार, अर्ध सरकारी, साझेदार निकायसहित सबै सरोकारवालाहरुको उत्तिकै दायित्व रहेको बताए ।

मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्यसम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताए । उनले भने, ‘दस्तावेज एउटा साधन हो साध्य होइन । यसलाई पूर्णता दिन हामीले प्रयोगमा ल्याउनु पर्दछ र नागरिकलाई अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्दछ ।’

उनले बृहत् आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाए ।

कार्यक्रममा आँखा स्वास्थ्यको ग्लोबल, राष्ट्रिय तथा प्रादेशिक सिनारियोका बारेमा परामर्शदाता डा. अनिल सुवेदीले आफ्नो प्रस्तुति राखेका थिए ।

त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक डा. शक्तिप्रसाद सुवेदीले कर्णाली प्रदेशको आँखा स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ३२ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ