साउदी प्रो लिग : हल हिलालको अग्रता कायमै « Khabarhub

साउदी प्रो लिग : हल हिलालको अग्रता कायमै


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल हिलालले आफ्नो अग्रता कायमै राखेको छ । गए राति भएको खेलमा अभालाई ७–० गोल अन्तरले हराउँदै आफ्नो अग्रतालाई फराकिलो बनाएको हो ।

हिलालका सर्ज मिलिंकोभिक सेभिकले ह्याट्रिक गरेका थिए भने एलेजान्डर मिट्रोभिक, अल दाब्सरी, मोहम्मेद कान्नो र कप्तान रुवेन नेभसले एक–एक गोल गरेका थिए ।

यो जितसँगै १८ खेलबाट अपराजित यात्रालाई निरन्तरता दिएको अल हिलाल ५० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । अल हिलालले क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासरसँग १३ अंकको अग्रता बनाएको छ । दुई खेल कम खेलेको अल नासरको ३७ अंक छ ।

यस्तै, तेस्रो स्थानको अल अहलीले ३४ अंक जोडेको छ । अहलीले १७ खेल खेलेको छ । अल हिलालसँग पराजित भएको अभा १४ अंकसहित १६औँ स्थानमा छ ।  

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ०४ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्