विदेशी सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

विदेशी सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्छ : सभामुख घिमिरे


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहायता सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित नेपालमा वैदेशिक सहायताको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताको पहुँचमा राष्ट्रको आवश्यकताका आधारमा विदेशी सहायता खर्च गर्नुपर्ने बताएका हुन् ।

उनले विदेशी सङ्घसंस्थाहरूको उद्देश्य पूरा गर्नका लागि छिटो खर्च गर्ने परिपाटीले कुनै पनि काम प्रभावकारी नहुन नसक्ने जिकिर गरे । 

विदेशी सहायता सहयोग सरकारमार्फत संसदमा पेश गर्ने र जनप्रतिनिधि संस्था संसदबाट त्यसको प्रयोगको छलफल गर्दै कार्यान्वयनमा लैजानुपर्ने उनले बताए । उनले वैदेशिक सहायता परिचालनको अनुगमन र निगरानी पनि संसदले गर्नुपर्ने धारणा राखे । उनले विमानस्थल निर्माणमा ध्यान दिए पनि सहज रुपमा प्रयोगमा ध्यान दिन नसकिएको बताए । 

विदेशी सहायताको जानकारी जनतालाई जानकारी गराए पारदर्शी हुने समेत उनले बताएका छन् । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : २१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका