पशुपति शर्माको गीतले ल्याएको परकम्प ! « Khabarhub

पशुपति शर्माको गीतले ल्याएको परकम्प !



२०७२ साल बैशाख १२ गतेको भूकम्पको परकम्प अझै रोकिएको छैन । शनिबार बेलुका ८ः ३४ बजे कीर्तिपुर आसपास केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको परकम्प गयो, त्यो भन्दा ठूलो हलचल अहिले पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले बजारमा ल्याएको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव, इन्टा, ह्वाट्सएपमा चर्चा पशुपतिको गीतकै छ । गीत सार्वजनिक भएको दुई दिन नबित्दै झण्डै तीन लाख दर्शक पाउनुले गीतले दिन खोजेको सन्देशको समर्थन हो भन्नेमा द्विविधा छैन । त्यो भन्दा अहिले उर्लेको सामाजिक सञ्जालको जनलहरले पनि थप पुष्टि गरेको छ ।

गीत हटाइएपछि सरकारलाई आरोप लगाउँदै सामाजिक सञ्जालमा गाली गर्नेको जमात बाक्लो भेटिए पनि त्यो आधारहीन जस्तै छ । किनकी स्वयं गायकले विज्ञप्तिमार्फत ‘शब्दमा शुभचिन्तकको असन्तुष्टि’ देखिएपछि गीत हटाएको उल्लेख गरेका छन् । गीत प्रतिबन्ध गराएको भन्ने बारेमा पनि उनले केही बोलेका छैनन, जे आयो त्यही विज्ञप्ति मात्र ल्याएका छन् ।

त्यसो त, उनी जस्तो चर्चित र परिपक्व गायकले गीत सार्वजनिक गर्नु अगाडि केही सोच विचार नै नगरी त्यसै गीत बजारमा ल्याएका पनि त होइनन् होला नि ? तर अहिले किन गीत हटाए ? कुनै दिन उत्तर आफै देलान् । गीत ल्याउनु र हतारमा गीत आफै हटाउनुले उनी अहिले चर्चा र बहससँगै आफै विवादमा फस्ने काम गरेका छन् ।

उनी स्वयंले जुन–जुन शब्दमा असन्तुष्टि देखिएको छ ती शब्दहरु फेर्नु आफ्नो दायित्व भएको भन्दै गीत परिमार्जन गरेर चाडै ल्याउने बताएका छन् । समसामयिक विषय वस्तु र वर्तमान यथार्थमाथिको तिखो व्यंग्यलाई कस्ता शुभचिन्तकले असन्तुष्टि जनाए ? असन्तुष्टि जनाउने कसरी शुभचिन्तक भए ? सामाजिक सञ्जालमा समर्थन जनाउने शुभचिन्तक कि के ? यी तमाम प्रश्नको उत्तर दिने आँट अब गायक शर्माले राख्नुपर्छ । अनि अर्को कुरा विज्ञप्तिमा जनाइए अनुसार अब कुन कुन शब्द परिमार्जन गर्ने हुन् त्यो पनि प्रतीक्षाको विषय बनेको छ ।

यता सामाजिक सञ्जालमा भने चुनावताका जनमत बटुल्न पार्टीका गीत ल्याएर भाइरल बनाउन पाउने, तर व्यथिति–विसंगतिका गीत ल्याउन किन नपाउने ? भन्ने सम्मका तर्क गरेका छन् । पशुपति शर्माको गीत हटाउनुमा अधिकांशले राजनीतिक दबाबको गन्द ओकलेका छन् । व्येथिति, विसंगतिविरुद्ध सचेत गराउनु पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उनीहरु तर्क गर्छन् । जसको जे सुकै तर्क भए पनि ‘लुट्न सके लुट कान्छा’ले कतै गायकलाई नै पो लुट्ने हो कि ?

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : २४ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट